नेपाल लाइफद्वारा तिमी यो दसैंमा के गर्छौ? नामक टिकटक प्रतिस्पर्धाको आयोजना
नेपाल लाइफद्वारा तिमी यो दसैंमा के गर्छौ? नामक टिकटक प्रतिस्पर्धाको आयोजना
नेपाल लाइफ इन्स्योरेन्सले दसैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमंग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ।
तिमी यो दसैंमा के गर्छौ? नामक यस टिकटकको जिंगल मा ९ सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ।
हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरू छनौट गरी पहिलो, दोस्रो र तेस्रो श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ।
पहिलो हुनेलाई नगद ३० हजार रुपैयाँ, दोस्रोलाई २० हजार रुपैयाँ र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ।
यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कात्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन्।
दसैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ।
यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दसैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन्।
कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू आयोजना गर्ने बताइएको छ।