होटल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पेबाट भुक्तानी गर्दा छुट
होटल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पेबाट भुक्तानी गर्दा छुट
नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पेले' हालै होटेल एन्ड होमसँग सम्झौता गरेको छ।
जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत् नेपाल भित्रका विभिन्न होटेलहरूमा बुकिङ गरी आइएमई पे मार्फत् भुक्तानी गर्ने सेवाग्राहीहरूले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
नजिकिँदै गरेको चाड दसैं तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छुट कात्तिकको अन्त्यसम्म लागु हुनेछ।
आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।