यस्तो छ निश्चल बस्नेतको फिल्म 'दिमाग खराब' को ट्रेलर (भिडिओ)

यस्तो छ निश्चल बस्नेतको फिल्म 'दिमाग खराब' को ट्रेलर (भिडिओ)

निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' को ट्रेलर सार्वजनिक भएको छ। 

शुक्रबार ओएसआर डिजिटलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक साधारण व्यक्ति कसरी देशमा भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने कथा देखाइएको छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायत कलाकारको अभिनय छ। निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एक गीतमा देखिएका छन्।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो। तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेका छन्।

सुसन प्रजापतिले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। फिल्ममा जयन के वाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ। फिल्मलाई काठमाडौंभित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन्।