अभिनेता विपीन कार्की कसरी बने 'भष्मे डन' (भिडिओ)

अभिनेता विपीन कार्की कसरी बने 'भष्मे डन' (भिडिओ)

अभिनेता विपीन कार्कीलाई फिल्म क्षेत्रमा पहिचान दिलाउने पात्र हो 'भष्मे डन'।

स्वर भासिएको आवाज निकाल्ने भष्मे डनले दर्शकको मन-मस्तिष्कमा गहिरो छाप छाडेको छ। आज पनि विपीन कुनै कार्यक्रममा गए भने 'भष्मे डनको आवाज निकाल्नु न' भन्ने प्रस्ताव आइहाल्छ। 

यो पात्रका रूपमा परिचित हुन पाउँदा आफूलाई पनि खुसी लाग्ने बताउँछन् विपीन।

फिल्म 'पशुपति प्रसाद' को पात्र भष्मे डन विपीनको जीवनसँगै जोडिएर आउने पात्र हो। उनले कहिल्यै बिर्सिन नसक्ने पात्र!

'भष्मे डनले मेरो पहिचान स्थापित गरायो। मैले धेरै समयअगाडि देखि फिल्ममा अभिनय गरिरहेको थिएँ। पुग्न चाहेर पनि पुग्न नसकेको ठाउँमा भष्मे डनले पुर्‍यायो,' उनले भने, 'यसमा मेरो पनि निकै मेहनत थियो। यसले कुनै पनि पात्रमा तपाईंले काम गर्न चाहेर मेहनत गर्नुभयो भने सफल हुनुहुन्छ भन्ने पाठ पनि सिकायो।'

यो पात्रलाई विशेष बनाउने पनि उनी आफैं हुन्।

विपीनले पशुपति प्रसादभन्दा अगाडि 'लुट', 'छड्के', 'तान्डव', 'सुन्तली' र 'कालो पोथी' जस्ता फिल्म खेलिसकेका थिए। दर्शकका नजरमा भने उनी 'छड्के' का बिन्दु पात्रकै रूपमा मात्र बढी चिनिन्थे।

उनलाई फिल्म क्षेत्रमा आफ्नो प्रभाव छोड्नुपर्छ भन्ने भान भइरहेको थियो। त्यसैले उनी ऐनामा हेर्दै विभिन्न पात्रको नक्कल गर्ने प्रयास गर्थे।

आफू फरक पात्रमा देखिन संघर्ष गरिरहेका बेला उनलाई पशुपति प्रसादको प्रस्ताव आयो।

उनलाई लाग्यो —  यो मेरो लागि सुनौलो अवसर हुन सक्छ!

भूमिका निर्वाह गर्न तीन-चार तरिकाबाट तयारी गरे। त्यसमध्ये उनले भष्मे डन पात्रका लागि भासिएको स्वर निकाल्ने निधो गरे। तर निर्माता र निर्देशकलाई भनिहाल्ने हिम्मत जुटाउन सकेनन्।

एक दिन निर्देशक दीपेन्द्र के खनाल र लेखक खगेन्द्र लामिछानेले स्क्रिप्टबारे छलफल गर्ने ककनी जाने योजना बनाए। त्यो दिन पानी परिरहेको थियो। विपीन स्कुटर चढेर पानीमा भिज्दैभिज्दै गएका थिए।

निर्माण टिम उनकै पर्खाइमा थियो।

bipin-karki-(1)-1697740547.jpg