रोहित शेट्टीको 'सिंघम अगेन' मा जोडिए टाइगर श्राफ

रोहित शेट्टीको 'सिंघम अगेन' मा जोडिए टाइगर श्राफ

रोहित शेट्टी निर्देशित कप युनिभर्सको आगामी फिल्म 'सिंघम अगेन' मा अभिनेता टाइगर श्राफ जोडिएका छन्। 

बिहीबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेका छन्। सार्वजनिक पोस्टरमा अभिनेता टाइगर श्राफलाई पुलिसको अवतारमा प्रस्तुत गरिएको छ। 

सामाजिक सञ्जालमा निर्देशक रोहितले पोस्टर सार्वजनिक गर्दे लेखेका छन्, 'हाम्रो स्पेसल टाक्स फोर्सका एसिपी सत्यासँग भेट्नुहोस्।'

यसअघि फिल्ममा अजय देवगन, रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण जोडिसकेका छन्। 

यो फिल्म 'सिंघम' को तेस्रो भाग भने रोहित शेट्टीको कप युनिभर्सको पाँचौ फिल्म हो। यसअघि उनको कप युनिभर्सको फिल्म 'सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी' प्रदर्शन भइसकेका छन्। 





tiger-singha-1697697766.jpg

tiger-sing-1697697765.jpg

tiger-singh-1697697765.jpg