अशोक वर्ल्ड र्‍याङकिङ जी-४ मा

अशोक वर्ल्ड र्‍याङकिङ जी-४ मा

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले विश्व तेक्वान्दो र दक्षिण कोरियाली खेल मन्त्रालयले आयोजना गरेको वर्ल्ड र्‍याङकिङ प्रतियोगिताअन्तर्गत कोरियाको मुजुमा आयोजना भएको विश्व तेक्वान्दो पुम्से ओपन च्यालेन्जमा निर्णायकको भूमीका निर्वाह गरेका छन्।

प्रतियोगिता मुजुमा नोभेम्बर ३ देखि ५ सम्म आयोजना भएको थियो। खड्का क्यारोगी, पुम्से र पारा विधाको अन्तर्राष्ट्रिय निर्णायक हुन्।

396577897_237579642417551_6806166692339102525_n-1699182865.jpg

अशोकले गत वर्ष बुल्गेरियामा आयोजना भएको विश्व तेक्वान्दो प्रतियोगितामा समेत निर्णायकको भूमिका निर्वाह गरेका थिए।

नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोकले गोल्डकोस्ट ओपन अस्ट्रेलियाको दुई संस्करणमा स्वर्ण जितेका थिए। यस्तै उनले युकेमा भएको आइओएफटिसीमा रजत जितेका थिए। यस्तै उनले २०१४ मा कोऊरियमा भउको आठौं तेक्वान्दो एक्स्पोमा स्वर्ण पनि जितेकमा थिए। २०१६ मा दशौं विश्व तेक्वान्दो एक्स्पोमा रजत र २०१७ मा हङकङको सिटिए च्याम्पियनसिपमा उनले स्वर्ण जितेका थिए। 





उनले हालै विश्व तेक्वान्दोले आयोजना गरेको अन्तर्राष्ट्रिय एक्जामिनर कोर्ष समेत उत्तिर्ण गरेका थिए।