तस्बिरमा हेर्नुस् नेपाल र ओमानबीचको खेल
टी-२० विश्वकप एसिया छनोटको फाइलन खेलमा नेपाल पराजित भएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार दिउँसो भएको उपाधि भीडन्तमा नेपाल सुपर ओभरमा पराजित भएको हो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो। सुपर ओभरमा अभिनाश बोहरले बलिङ गरेका थिए।
जवाफी ब्याटिङमा नेपालले १० रनमात्रै जोड्न सक्यो।
त्यसअघि १८५ रनको लक्ष्य पाएको ओमानले ९ विकेटको क्षतिमा १८४ रन जोडेपछि खेल सुपरओभरमा पुगेको थियो।
ओमानसँग पराजित भएपनि नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको छ।
आजको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि त्रिवि क्रिकेट मैदान पुगेका थिए।